लुम्बिनी प्रदेशका सभामुखलाई जसपा अध्यक्ष ठाकुरको पत्र– सांसद्लाई कारवाही गरेको छैन काठमाडौँ। जसपाका अध्यक्ष महन्त ठाकुरले लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीको केन्द्रीय कारिणी समितिबाट नभएको भनी प्रदेशसभामा पत्र पठाएका छन्। बिहीबार सभामुखलाई पठाइएको पत्रमा लुम्बिनी प्रदेश सभासदस्यहरूलाई कुनै कारवाही केन्द्रीय स्तरबाट नभएको पत्रमा उल्लेख छ। यसअघि जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईपक्षले भने चार प्रदेश सांसदलाई कारवाही गरेको जनाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्