जसपा नेता लक्ष्मणलाल कर्ण भन्छन- पार्टीको बैठक बसेको छैन र कुनै निर्णय भएको छैन काठमाडौं। जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नबसेको र कुनै निर्णय नभएको बताइएको छ। जसपा नेता लक्ष्मणलाल कर्णले भने, "पार्टीको पहिलो अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी समितिका सदस्यलाई बैठक बारे थाहा छैन। जसपाको बैठक बसेको छैन र कुनै निर्णय भएको छैन।" आज जसपाको दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादव पक्षले बैठकले सरकारविरुद्ध अविश्वासको प्रस्तावमा साथ दिने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्