कोरोना समस्याबाट पार पाउन कांग्रेसद्वारा सरकारसमक्ष ११ माग
काठमाडौं। नेपाली कांग्रेसले कोरोना समस्याबाट पार पाउन सरकार समक्ष११ वटा माग राखेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आज पत्रकार सम्मेलनको आयोजना गरी माग सार्वजनिक गरेका हुन्। मागमा, ‘अत्यावश्यक अक्सिजन र भेन्टिलेटरको यथेष्ट आपूर्ति, आवश्यक अस्पताल बेड, आइसियु वेडको व्यवस्था, प्रभावकारी कन्ट्याक ट्रेसिङ्ग, सिमामा अनिवार्य पिसिआर परिक्षण, स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मी‘हरुलाई विमा र जोखिम भत्ता, खोप आपूर्ति लगायत रहेका छन्।
प्रतिक्रिया दिनुहोस्