जसपा अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगमा ध्यानाकर्षणपत्र काठमाडौं। दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठकबाट लुम्बिनी प्रदेशका ४ जना सांसदलाई पदमुक्त गरेको निर्णय गैरकानुनी भन्दै जनता समाजवादी पार्टीका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगको कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएका छन्। शुक्रबार निर्वाचन कार्यालय पुगेर बुझाएको ध्यानाकर्षणपत्रमा कार्यकारिणी समितिको बैठक २०७७ पुस ७ गतेपछि नबसेको र निर्णय बदरका लागि यथाशीघ्र कानुनी प्रक्रिया अघि बढाइने उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्