विप्लवका दाइ जेलबाट छुटे
काठमाडौं। सरकारसँग गत फागुन २१ गते भएको सहमतीअनुसार नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका दाइ चन्द्रबहादुर चन्द रिहा भएका छन्। नेकपा पोलिटब्यूरो सदस्यसमेत रहेका चन्द्रबहादुर जिल्ला कारागार चितवनबाट धरौटीमा रिहा भएका हुन्। उनी बम विस्फोट मुद्दामा कारागार चलान भएका थिए। यसअघि हिजो मात्रै नेकपा केन्द्रीय सदस्य तथा गायक माइला लामा रिहा भएका थिए।
प्रतिक्रिया दिनुहोस्