खानेपानीमन्त्री थापालाई कोरोना संक्रमण काठमाडौं। खानेपानी तथा सरसफाईमन्त्री मणी थापालाई कोरोना संक्रमण भएको छ। स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टी भएको हो। आज बिहान आएको रिपोर्टमा स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ। कोरोना संक्रमणपछि उनी होम आइसोलेनसमा बसेका छन्। चार दिन अघि मात्रै उनको छोरीमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि मन्त्री थापासहित सचिवालयका १० जनाको पीसीआर परीक्षण गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्