माओवादी केन्द्र अध्यक्ष प्रचण्ड भन्छन्- श्रमजीवि जनताका अधिकार खोस्न परिवर्तन विरोधी तत्वहरू उद्दत देखिए
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन विरोधी तत्वहरू श्रमजीवि जनताका अधिकार खोस्न उद्दत देखिएको बताएका छन्। आज अन्तर्राष्ट्रिय श्रमिक दिवसकोअवसरमा शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन्। शुभकामना सन्देशमा लेखिएको छ, 'पश्चगामी र परिवर्तन विरोधी तत्वहरू श्रमजीवि जनताका अधिकार खोस्न उद्दत देखिएकाले प्राप्त उपलब्धिको रक्षाका लागि एकतावद्ध भएर प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो।'
प्रतिक्रिया दिनुहोस्