प्रधानमन्त्रीको प्राथमिकतामा महामारी नपर्नु आपत्तिजनक: गगन थापा काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारी प्रधानमन्त्रीको प्राथमिकतामा नपर्नु आपत्तिजनक भएको आरोप लगाएका छन्। आज ट्वीट गर्दै उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू यो लडाइँमा हामी सक्दैनौं भनेर मन्त्रालयले हात उठाउने अनि तपाईंको प्राथमिकतामा अझै पनि महामारी नपर्ने! आपत्तिजनक छ।’ कांग्रेसले साथ दिन तयार रहेको बताउँदै अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लन उनले प्रधानमन्त्री ओलीमाथि व्यंग्य गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्