यस्तो छ एमालेको महाधिवेशन कार्यतालिका
काठमाडौं। नेकपा एमालेले महाधिवेशन कार्यतालिकासहितको अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ। आगामी मंसिर २ देखि ६ गतेसम्म राष्ट्रिय महाधिवेशन हुने तालिकासहित असोजको २३ गतेभित्रमा प्रदेश, जिल्ला, पालिका र वडाको अधिवेशन गरिसक्नु पर्नेछ। अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी अपानिमा वडा अधिवेशन भदौं ५, पालिका अधिवेशन भदौं १५, जिल्ला अधिवेशन भदौं ३० र प्रदेश अधिवेसन असोज २३ गते तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्