सभापति देउवाद्वारा श्रमिकका लागि राहतको कार्ययोजना ल्याउन माग काठमाडौं। कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड-१९ को संक्रमणले मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीलाई राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग माग गरेका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसकाअवसरमा आज शुभकामना दिँदै कोभिड-१९ को बढ्दो संक्रमणको रोकथाम र संक्रमितको उपचारको समुचित प्रबन्ध मिलाउन माग गरेका छन्। संक्रमितको उपचारको लागि आइसियु, भेन्टिलेटर र अक्सिजनको अभाव हुन नदिन माग गरेका छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्