महन्थ र उपेन्द्रबीच तिक्तता झनै बढ्यो, सँगै बस्ने अवस्था नरहन सक्छ : जसपा नेता काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद बढ्दै गर्दा एक शीर्ष नेताले भनेका छन्, “यस्तो रह्यो भने हामी सँगै बस्नसक्ने अवस्था रहँदैन, तिक्तता झनै बढेको छ।” महन्थ ठाकुरलाई थाहै नदिई जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठकबाट लुम्बिनीका चार सांसदलाई कारबाही गरेपछि पार्टी फुटको संघारमा पुगेको हो। प्रधानमन्त्री केपी ओलीलाई समर्थनको विषयमा महन्थ र उपेन्द्रबीचको टकरावले पार्टी फुट्ने देखिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्