नागरीक एप सार्वजनिक, यस्ता छन् सुविधा
काठमाडौं। सार्वजनिक तथा सरकारी सेवाहरु एकीकृत रुपमा प्रवाह गर्न तयार पारिएको नागरिक एपको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन्। २ माघ,२०७७मा नागरिक एपको डेटा संस्करण सार्वजनिक गरेको थियो। अहिलेसम्म एप सवा पाँच लाख भन्दा बढीले डाउनलोड गरेको र १ लाख ९१ हजार भन्दा बढीले दर्ता गरेका छन् । एपमा नागरिकता राहदानी र मतदाता परिचयपत्रजस्ता विवरण छन्।
प्रतिक्रिया दिनुहोस्