लुम्बिनीमा यसरी बन्दैछ एमालेको एकल सरकार काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर नेकपा एमालेको एकल सरकार बनाउन लागेका छन्। संविधानको १६८ को (१)अनुसार एमालेको ४१ सांसदको उपस्थितिमा बहुमतीय सरकार बनाउन प्रदेश प्रमुखसमक्ष दाबी गरेको छ। सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने, "प्रदेश प्रमुखले अब सपथग्रहणका लागि बोलाउनु हुन्छ, त्यसपछि आजै मुख्यमन्त्रीले सपथ लिनुहुन्छ। मन्त्रिमण्डल विस्तार गर्नुहुन्छ।" आज सरकार बनाउने दाबी भएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्