बाँकेको स्थिति भयावह हुन नदिन उपप्रधानमन्त्री पोखरेलको निर्देशन काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँके जिल्लाको स्थिति भयावह हुन नदिन निर्देशन दिएका छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई टेलिफोन गरी पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिए। सीसीएमसीका संयोजकसमेत रहेका पोखरेलले स्थिति भयावह हुन नदिनतर्फ बेलैमा कदम चाल्न निर्देशन दिए। सीसीएमसीकातर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्