नागरिक एप युगान्तरकारी परिवर्तन हो : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपले नेपालको सार्वजनिक सुधारमा युगान्तरकारी परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारी कार्यालयपिच्छे धाउनुपर्ने बाध्यताबाट नागरिक मुक्त हुने बताए। उनले भने,“एपको प्रयोगले सरकारी काम कारबाही छिटो, छरितो र पारदर्शी बनाउँदै युगान्तकारी परिवर्तन ल्याउने विश्वास गरेको छु ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्