सुरु नभइ अन्त्य भयो लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन बुटवल। लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सुरु नै नभइ अन्त्य भएको छ। मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा गरेपछि अधिवेशनको औचित्य समाप्त भएकाले अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख धर्मनाथ यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ। प्रदेशसभाको विशेष अधिवेशन आजैका लागि बोलाइएको थियो। बैशाख ६ गते मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पोखरेलले अधिवेशन अन्त्यका लागि सिफारिस गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्