प्रधानमन्त्री शीतल निवासबाट फर्किए, आज साँझ मन्त्रिपरिषद बैठक बस्ने काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवासबाट फर्किएका छन्। प्रधानमन्त्रीले १ घण्टा बढी राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन। राष्ट्रपति र प्रधानमन्त्रीको भेटवार्ताको बिस्तृत विवरण आउन बाँकी छ। प्रधानमन्त्री स्थायी कमिटी बैठककोबीचमै राष्ट्रपति निवास गएका थिए। स्थायी कमिटी बैठकमा लुम्बिनीको विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो। आज साँझ मन्त्री परिषदको बैठक पनि बस्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्