विपक्षी दलका ४० सांसदको माग, शंकर पोखरेललाई पुनः सपथ नगराउनु काठमाडौं। लुम्बिनी प्रदेशमा शंकर पोखरेलको बहुमत नरहेपछि मुख्यमन्त्रीमा नियुक्ति र सपथ रोक्न विपक्षी दलहरूले माग गरेका छन्। पोखरेलको पक्षमा बहुमत नरहेकाले विपक्षी दलका ४० सांसदहरूले पुनः नियुक्ति र सपथ नगराउन प्रदेश प्रमुखसँग माग गरेका हुन्। आज एमालेको एकल सरकार बनाउने भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए। तर, विमला वली आफू माओवादीमा प्रवेश गरेको बताएपछि पोखरेलले बहुमत गुमाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्