लुम्बिनी प्रदेशमा एमालेका सांसद पाण्डेयले दिए राजीनामा लुम्बिनी। नेकपा एमालेका लुम्बिनी प्रदेशसभाका एक जना सांसदले आज सभामुखसमक्ष राजीनामा बुझाएका हुन्। राजीनामा दिनेमा कपिलवस्तु २(क)बाट निर्वाचित दूगनारायण पाण्डेय रहेको सचिवालय सचिव दुर्लभकुमार पुन मागरले जानकारी दिए। केहीबेर अघि शंकर पोखरेललाई बहुमत दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा पुनः नियुक्त गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्