कांग्रेस सभापति देउवा भन्छन्- लुम्बिनी प्रदेशमा प्रस्तुत अलोकतान्त्रिक र असंवैधानिक प्रवृत्ति निन्दनीय छ काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको बताएका छन्। "संविधानको ठाडो उल्लंघन, बलमिच्याइँ र घोर अलोकतान्त्रिक प्रवृत्तिको कडा निन्दा र भत्सर्ना गर्दछु," देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेकपा एमालेले प्रदेशसभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु संवैधानिक कोणबाट तर्कसंगत नहुने उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्