राष्ट्रपतिद्वारा वैशाख २७ का लागि संसद बैठकको आह्वान
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीले बैठक २७ गतेका लागि संसद बैठकको आह्वान गरेकी छन्। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले अह्वान गरेको बैठक दिउँसो १ बजे बस्नेछ। जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधाानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी प्रष्ट पार्न आवश्यक ठान्नुभएकाले सोही प्रयोजनका लागि बैठक आह्वान भएको छ।’
प्रतिक्रिया दिनुहोस्