मुख्यमन्त्री पोखरेलद्वारा सपथग्रहण काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले दोस्रोपटक मुख्यमन्त्रीको सपथग्रहण गरेका छन्। आज साँझ विपक्षी दलहरूको विरोधका बीच मुख्यमन्त्रीकै कार्यालयमा प्रदेश प्रमुख धर्मनाथ यादवले सपथ खुवाएका हुन्। विपक्षी दलहरुले अल्पमतमा परिसकेको दलका नेतालाई मुख्यमन्त्री बनाउन नहुने भन्दै नाराबाजीमा उत्रिएका छन्। आजै बिहान मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए। विमला वलि माओवादी केन्द्रमा प्रवेश गरेपछि अहिले लुम्बिनीको राजनीति पेचिलो बनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्