पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री भानुभक्त ढकालमा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री ढकालसँगै उनकी पत्नी इन्दिरा फुँयालमा पनि संक्रमण पुष्टि भएको हो। आइतबार गरिएको स्वाब परीक्षणका क्रममा दुवै जनामा संक्रमण पुष्टि भएको थियो। हाल दुवै होम आइसोलेसनमा छन्।
प्रतिक्रिया दिनुहोस्