कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण, डेरामै आइसोलेसनमा काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमण भएको जानकारी उनी आफैले ट्वीटर मार्फत दिएका हुन्। “ज्वरो र जीउ दु्खाइ बढेपछि आइतबार बेलुकी स्टार अस्पताल पुगेर स्वाब दिएँ। बिहानिपख रिपोर्ट आयो– पोजेटिभ,” उनले ट्वीटरमा लेखेका छन्, “डेरामै आइसोलेसनमा छु्। लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ। सबैलाई विनम्र आग्रह छ– सजग बनौं।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्