चुनाव हारेपनि ममता बनर्जी यसरी बन्न सक्छिन मुख्यमन्त्री
एजेन्सी। पश्चिम बंगालको विधानसभा निर्वाचनमा पराजित भएपछि मुख्यमन्त्री ममता बनर्जीलाई पुनः मुख्यमन्त्री बन्न नयाँ बाटो खोज्नुपर्ने भएको छ। उनी भाजपाका सुभेन्दु अधिकारीसँग नन्दीग्रामबाट पराजित भएकी हुन्। मुख्यमन्त्री बन्नका लागि विधानसभा वा विधानपरिषदको सदस्य हुनुपर्छ र नभएको खण्डमा मुख्यमन्त्रीमा शपथ लिएको ६ महिनाभित्र सदस्य बन्नुपर्नेछ। मुख्यमन्त्री भएको ६ महिनामा विधानसभा र विधान परिषदको सदस्य नबनेमा पद छाड्नुपर्ने हुन्छ।
प्रतिक्रिया दिनुहोस्