पश्चिम बंगाल र असम चुनावमा चीनले प्रभाव पार्न खोजेको आरोप एजेन्सी। कतिपय भारतीय मिडियाले हालै असम र पश्चिम बंगालमा सम्पन्न विधानसभा निर्वाचनमा चीनले प्रभाव पार्न खोजेको आरोप लगाएका छन्। चीन वामपन्थको गढ भएकाले भारतका ती क्षेत्रमा पनि कम्युनिस्टलाई जिताउन अप्रत्यक्ष आर्थिक मद्दतसमेत गरेको मिडियाको आरोप छ। पश्चिम बंगालमा वामपन्थीका तीन पार्टी मिल्दा केवल पाँच प्रतिशत भोट आएको थियो। त्यसपछि भने मिडियाले चीनको चाहना पूरा हुन नसकेको उल्लेख गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्