एमालेका लुम्बिनी प्रदेशसभा सांसद पाण्डेयको राजीनामा स्वीकृत बुटबल। नेकपा एमाले लुम्बिनी प्रदेशसभा सदस्य दृगनारायण पाण्डेयको राजीनामा स्वीकृत भएको छ। मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनर्नियुक्तिलगत्तै एमाले सांसद पाण्डेयले सभामुखसमक्ष राजीनामा बुझाएका थिए। उनको राजीनामा सभामुख पूर्णबहादुर घर्तीले स्वीकृत गरेका छन्। प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरद्वारा हस्ताक्षरित पत्रमा राजनीतिक परिस्थिति दर्शाइ आइतबारदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्