सरकारले चालेका कदमलाई सहयोग गर्न प्रधानमन्त्रीको जोड काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड नियन्त्रण र रोकथामका लागि सरकारले चालेका कदमलाई साथ दिन जोड गरेका छन्। आज देशबासीको नाममा सम्बोधन गर्दै उनले भने, ‘कोभिड नियन्त्रण गर्न सरकारले चालेका कदमहरूलाई सबैले सहयोग गरौं।’ उनले सरकारले गरेको लकडाउनमा कसैलाई अप्ठ्यारो पर्न नदिने बताए। कोरोनाको उच्च संक्रमणप्रति सरकार सचेत रहेको भन्दै सबैलाई सुरक्षित भएर बस्न अनुरोध समेत गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्