परराष्ट्रमन्त्री ज्ञवालीले १२ जना सीडीओसँग आज के सोधे?
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा कोरोनाको अवस्थाबारे जानकारी लिएका छन्। “उहाँहरूबाट सीमामा कडा निगरानी, नेपाल भित्रिनेहरूको अनिवार्य स्वास्थ्य परीक्षण, महामारीको सामना गर्न पालिकाहरूको क्षमता विस्तार डेडिकेटेड अस्पतालहरूमा शैय्या, अक्सिजन र जनशक्तिको थप प्रबन्धलगायत विषयहरूमा स्थिति अद्यावधिक, समस्या अवगत र महत्त्वपूर्ण सुझाव प्राप्त भएको छ,” मन्त्री ज्ञवालीले ट्विटरमार्फत् भनेका छन्।
प्रतिक्रिया दिनुहोस्