संसद सचिवालयले थाल्यो प्रतिनिधिसभा विशेष अधिवेशनको तयारी काठमाडौं। संसद सचिवालयले २७ गते प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनका लागि आह्वान भएको बैठकको तयारी थालेको छ। सोमबार सभामुख अग्नि सापकोटाको नेतृत्वमा स्वास्थ्य सेवाका विशेषज्ञसँग भएको छलफल अनुरुपको तयारी अघि बढाएको हो। “बैठक आह्वान भईसकेपछि तयारी र व्यवस्थापनको दायित्व सचिवालको हो। हामीले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर तयारी थालेका छौं”, सह–प्रवक्ता दशरथ धमलाले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्