सांसद तथा कर्मचारी सबैको पीसीआरका लागि सिफारिस
काठमाडौं। संसद सचिवालयले २७ गते बस्ने प्रतिनिधिसभाको बैठक व्यवस्थापनमा सहभागी सम्पूर्णको पीसीआर परीक्षणका लागि स्वास्थ्य मन्त्रालयलाई भनेको छ। “बैठक व्यवस्थापनमा सहभागी सम्पूर्णको पीसीआर परीक्षणका लागि स्वास्थ्य मन्त्रालयमार्फत पहल पठाएका छौं”, सह–प्रवक्ता दशरथ धमलाले भने। बसाइको दुरी कायम, आउने र जाने बाटो अलग–अलग बनाउने र सबैको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य डेक्स स्थापना हुने धमलाले बताए।
प्रतिक्रिया दिनुहोस्