उपत्यकाका तीनै जिल्लाको सीडीओको बैठक बस्दै, निषेधाज्ञा थप्नेबारे छलफल हुने काठमाडौं। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ। अहिले १ बजे बस्ने बैठकमा जारी निषेधाज्ञा थप गर्ने विषयमा छलफल हुनेछ। आज बैठकबाट निषेधाज्ञा एक साताको लागि थप हुनसक्ने काठमाडौंको सीडीओ कालीप्रसाद पराजुलीले बताए। उपत्यकाका जारी निषेधाज्ञा भोलि सकिँदैछ। अब थप कडाईसहित निषेधाज्ञा जारी हुने पराजुलीको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्