जसपाका युवा नेता लेख्छन्, पार्टी फुटाउन झोलामा पैसा आयो
काठमाडौं। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जसपा बिभाजन हुन सक्ने संकेत गरेका छन। उनले सामाजिक सञ्जालमा लेखेका छन्, "हामी फुट रोक्न प्रयासरत छौं, तर हिजो बेलुकादेखि देशी/विदेशी शक्तिहरू पैसाको झोलासहित सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछन्। त्यो पैसाको झोला फिर्ता गर्नेलाई अनेकन डर र त्रास देखाइएको छ।" उनी अध्यक्ष डा. बाबुराम भट्टराईका निकट हुन् ।
प्रतिक्रिया दिनुहोस्