कोरोना संक्रमण भएपछि शर्माले दुई साताको लागि लिए कांग्रेस प्रवक्ताबाट बिदा
काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई साताको लागि पार्टीको प्रवक्ताबाट बिदा लिएको बताएका छन्। कोरोना संक्रमित भएपछि उनले उक्त जिम्मेवारी दुई साताको लागि नलिने सामाजिक सञ्जालमार्फत घोषणा गरेका हुन्। "अस्वस्थताका कारण दुई साताका लागि प्रवक्ताको सक्रिय जिम्मेवारीबाट बिदा लिएको छु। प्रेस, पार्टी र शुभचिन्तकहरुसँग क्षमा चाहन्छु।" उनले भनेका छन्। चाँडैनै पूर्णस्वास्थ्य भएर फर्कने विश्वास उनले व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्