माधव समूहः २७ गतेअघि गम्भीर निष्कर्ष निस्किनसक्छ काठमाडौं। नेकपा एमालेको माधव–झलनाथ समूहले वैशाख २७ गते आह्वान गरिएको प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाउन जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने वा कांग्रेस–माओवादी गठबन्धनलाई सघाउनेबारे छलफललाई तीव्रता दिइएको एक सांसदले बताए। ती सांसदले भने, “अहिले धेरै कुरा भन्नसक्ने अवस्था छैन। तर, गम्भीर निष्कर्ष निस्किन सक्छ।” उनले पार्टीमा रहने/नरहने तय गर्ने मोडमा पुगेको समेत बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्