माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं। उपलब्ध सदस्यहरु उपस्थित हुनेगरी नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। ३ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएको हो। काठमाडौंमा रहेका सदस्यहरु उपस्थित भएर अनौपचारिक छलफल गर्ने एक स्थायी समिति सदस्यले बताए। उनले भने, " म पार्टी कार्यालय पुगिसके, अन्य सदस्यहरु आउँदै हुनुहुन्छ। पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा छलफल हुनेछ।"
प्रतिक्रिया दिनुहोस्