अध्यादेशमार्फत् शासन चलाउने सरकारको कार्यशैली घोर आपत्तिजनक : कांग्रेस सभापति देउवा काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अध्यादेशमार्फत् शासन चलाउन खोजेको बताएका छन्। सरकारले आज सातवटा अध्यादेश ल्याएपछि देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “संसदको बजेट अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ। संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायत सातवटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्