मन्त्रीले गरे पूर्वीनाकाको सुरक्षा र होल्डिङ सेन्टरको अनुगमन झापा। प्रदेश–१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले पूर्वीनाका काँकडभिट्टाको अनुगमन गरेका छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्चस्तरीय टोलीसहित गएका मन्त्री कार्कीले काँकडभिट्टा नाकाको होल्डिङ सेन्टर र जाँचको प्रत्यक्ष निरीक्षण गरे। निरीक्षणपछि मेची भन्सार कार्यालयमा सरोकारवाला निकायसँगको छलफलमा कोभिड–१९ को दोस्रो लहर नियन्त्रणका लागि प्रदेश सरकार सम्भव सबै उपाय अवलम्बनमा कटिबद्ध रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्