प्रधानमन्त्री ओली र महन्थबीच भेटवार्ता काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच मंगलबार भेटवार्ता भएको छ। फौजदारी सम्बन्धी अध्यादेश जारी भएपछि भेटवार्ता भएको थियो। भेटमा मुद्दा फिर्ता र समसामयिक विषयवस्तुमै छलफल भएको ठाकुरनिकट एक नेताले बताए। उनले भने, “मुद्दा फिर्ता, जारी अध्यादेश र राजनीतिक विषयवस्तुमै सामान्य कुराकानी भयो।” पछिल्लोपटक प्रधानमन्त्री ओली र महन्थबीचको सम्बन्ध निकै सुमधुर छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्