माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसदमा दर्ता
काठमाडौं। नेकपा माओवादीले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद सचिवालयमा बुझाएको छ। हिजो पार्टी स्थायी कमिटीको अनौपचारीक बैठकले फिर्ता लिने निर्णय गरेपछि सचिवालयमा पत्र बुझाएको हो। मुख्य सचेत देव गुरुङको नेतृत्वमा सचिवालय पुगेर माओवादी सांसदहरुले फिर्ताको पत्र दर्ता गराएका हुन्।
प्रतिक्रिया दिनुहोस्