माओवादी, कांग्रेस र जसपाको साझा उम्मेदवार डा. खिमलाल देवकोटा काठमाडौं। आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा उम्मेदवार हुने भएका छन्। देवकोटाको नाम हिजो बसेको माओवादी स्थायी कमिटीको बैठकले प्रस्ताव गरेकोमा नेपाली कांग्रेस र जसपाले सहमति जनाइसकेको माओवादीका एक नेताले बताए। माओवादी त्यागेका रामबहादुर थापा बादललाई कारवाहीपछि रिक्त भएको बागमती प्रदेशको सांसद पदका लागि उपनिर्वाचन हुन लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्