प्रधानमन्त्रीमाथि माओवादीका ७ आरोप काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसद पुनःस्थापनापछि नैतिकताका आधारमा राजीनामा नदिएकोसहित ७ आरोप लगाएको छ। संविधानको उल्लंघन गर्दै प्रतिगामी योजना अघि बढाएको, राजनीतिक नैतिकताको धज्जी उडाएको, राजनीतिलाई फोहोरी खेलको रुपमा निक्रिष्ट ढंगबाट सञ्चालन गरेको, जनादेश विपरीत सामाजिक न्याय सहितको समृद्धि एवं समाजवादको आधार निर्माण गर्ने लक्ष्यलाई ध्वस्त बनाएको लगायतका आरोप लगाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्