महन्थ ठाकुरसँग राजेन्द्र महतो नै असन्तुष्ट
काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच असन्तुष्टि चुलिएको छ। वैशाख २७ गते संसदीय दलको नेताको हैसियतमा महन्थले निर्णय गर्ने लेखिएको कागजमा सांसदहरूलाई हस्ताक्षर गराएपछि महतोले ‘रिजर्भेसन’ राखेका छन्। जसपा एकीकरणका बेला दलको नेता महतोलाई बनाउने सहमति भएको थियो। तर, सहमति भंग गरी दलको नेता बन्न ठाकुर आफैं अघि सरेपछि दुई नेताबीच फाटो देखिएको छ।
प्रतिक्रिया दिनुहोस्