
प्रधानमन्त्री ओली र देउवाबीचको भेटवार्ता सम्पन्न : विश्वासको मत कांग्रेसले नदिने
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता सम्पन्न भएको छ। प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई विश्वासको मत दिन आग्रह गरेका थिए तर कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जवाफ फर्काएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए। नेताहरू देउवा निवास बुढानिलकण्ठबाट निस्किएका छन्। प्रधानमन्त्री ओली एमाले नेतासहित देउवासँग झन्डै डेढ घण्टा छलफल गरेका थिए।
प्रतिक्रिया दिनुहोस्