कोभिड सङ्क्रमण रोकथाममा सहकार्य गर्न तयार छौं : कांग्रेस
काठमाडौं। कांग्रेसले कोरोना सङ्क्रमण रोकथामका लागि सरकारलाई सहयोग गर्न तयार रहेको बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आजको छलफलमा ठूलो खर्च व्यहोर्न नसक्ने नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको सहमहामन्त्री प्रकाश शरण महतले बताए। उनले भने, “कोभिडको समस्यामा छौं। नागरिक अत्यन्त पीडामा छन्, यसबाट मुक्त गर्न सरकारले सहयोग गर्नुपर्छ। यसमा विपक्षी भए पनि सहयोग गर्न तयार छौं।”
प्रतिक्रिया दिनुहोस्