खड्काको रिक्त पद पूर्ति गर्न जेठ १७ गते उपनिर्वाचन काठमाडौं। निर्वाचन आयोगले लुम्बिनी प्रदेशको अन्य समूहको तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित चन्द्रबहादुर खड्काको रिक्त पदपूर्ति गर्न जेठ १७ गते उपनिर्वाचनको मिति घोषणा गरेको छ। उपनिर्वाचन सम्पन्न गर्नका लागि आयोगले आज निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। जेठ १७ गते मतदानका लागि बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म समय निर्धारण गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्