महन्थको हस्ताक्षर अभियानमा शरतसिंह भण्डारीको पनि ‘रिजर्भेसन’ काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले चलाएको हस्ताक्षर अभियानमा वरिष्ठ नेता राजेन्द्र महतोसँगै शरतसिंह भण्डारीले पनि ‘रिजर्भेसन’ राखेका छन्। जसपा उच्च स्रोतका अनुसार सहमति अनुसार संसदीय दलको नेतामा ठाकुर आफैं अघि बढेपछि महतोसँगै शरतसिंह भण्डारी र निर्जला राउतले असन्तुष्टि राखेका हुन्। ठाकुरले हस्ताक्षर गराए पनि महतोसँगै भण्डारी र राउतले हस्ताक्षर गरेका छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्