महासचिव पोखरेललाई योगेश र गणेशको आग्रह– स्थिति गम्भीर मोडमा पुग्यो, एकता जोगाउनुस्
काठमाडौं। नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई नेता योगेश भट्टराई र गणेश पहाडीले भेटेर एकता जोगाउन आग्रह गरेका छन्। आज साँझ भेट्न पुगेका भट्टराई र पहाडीले यस्तो आग्रह गरेका हुन्। सांसद पहाडीले देखापढीसँग भने, “स्थिति गम्भीर मोडमा पुगिसक्यो, एकतालाई जोगाएर अघि बढ्न आग्रह गर्यो, संवाद थाल्न भन्यो।” माधव समूहले विपक्षीसँग गठबन्धन बनाएर प्रधानमन्त्री ओलीलाई देखाइदिने रणनीतिमा छन्।
प्रतिक्रिया दिनुहोस्