एमाले स्थायी कमिटी बैठक जारी काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ। आज पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सुरु भएको जानकारी दिए। हिजो प्रधानमन्त्री ओलीले काङ्ग्रेस सभापति शेरबहादुर देउवाससँग विश्वासको मत मागेका थिए। तर, विश्वासको मत नदिने काङ्ग्रेसले जवाफ फर्काएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्