राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतल निवासमा
काठमाडौं। नेकपा एमालेको आकस्मिक स्थायी कमिटी बैठक सम्पन्न भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् । केहीबेरअघि मात्र बालुवाटारमा स्थायी कमिटी बैठक बसेको थियो। बैठकमा राष्ट्रियसभाको उपचुनावमा उम्मेदवार तय गर्नेबारे छलफल भएको थियो।
प्रतिक्रिया दिनुहोस्